तीजमा महिला प्रहरीको अनुभव : ‘आफू ड्यूटीमा बसेर अरु महिलाको सेवा गर्न पाउँदा खुशी लाग्छ’

काठमाडौं । महिला प्रहरीलाई यो वर्ष मात्र होइन हरेक वर्ष तीज आउने त होइन तर यस वर्ष ड्यूटीको भार मात्र नभएर कोरोनाको डर पनि छ ।

ड्यूटी गर्दै मठ मन्दिरमा उनीहरु टन्टलापुर घाममा सुरक्षार्थका लागि लाइन मिलाउन खटिरहेका हुन्थे तर विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले जो हर कोहि भयवित छ ।

नेपाल पनि कोरोना भाइरसले आक्रान्त भएको छ र यसले नेपालिहरुको दैनिक जीवनमा मात्र नभएर चाडबाडमा पनि असर र्पुयाएको छ। महिनै अधि देखी शुरुहुने तीजको रमझम यस वर्ष सुनसान छ मठ मन्दिर पार्टि प्यालेसमा तीजका गीत घन्कीएका छैनन् । सहक रातो सारी टिका चुरा पोते ल्याङ्गा महिलाहरुले लगाएका छैनन् ।

भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व आज । महिलाहरुको पर्व । महिलाहरु रातो सारी टिका चुरा पोते मा सुसज्जीत भएर हिड्ने दिन । तर कोरोना भयावहका कारण अहिले परिस्थति भिन्न छ । जनस्वास्थ्यका मापदन्ड अपनाएर घरघरमै तीज मनाउन स्वास्थ्य मन्त्रालयले आग्ह गरेको छ ।

आज सबै महिला कर्मचारीलाई बिदा दिइएतापनि महिला प्रहरीहरु भने यसको अपवादमा पर्छन् । महिला प्रहरीहरु आफ्नो यूनिफर्ममा ड्यूटी गरिरहेको देख्न सकिन्छ । त्यस्तै तीजको दिन काभ्रेको नेपाल प्रहरी विध्यालयमा ड्यूटीमा खटिएकी महिला प्रहरी निता आचार्य आफ्नो कथा लोकपथसँग सुनाउछिन् ।

तीज यो साल मात्र आएको होइन् । हरेक वर्ष तीजमा ड्यूटीमा आफु जस्तै महिला दिदि बहिनिको सेवामा खटिन पाउँदा खुशी लाग्ने गरेको उनले बताइन् । प्रहरी सेवमा उनले १९ वर्ष बिताउँदा उनले १-२ वर्षमात्र तीजमा बिदा पाएको कुरा उनले मुस्कुराउदै सुनाईन् ।

तीजको दिन आफु ड्यूटीमा खटिरहदा आफु जस्तै दिदि बहिनिहरु रातो सारी रमझम गरेर हिडेको देख्दा कहिलेकाँहि दुख नलाग्ने पनि होइन तर आफु महिला भएर महिलाकै सेवामा खटिन पाउँदा त्यो दुख स्वभाविकै कम जाने उनको भनाइ रहेको छ ।

कोरोना महामारीको कारण अन्य महिलाहरुको पनि तीज पहिलेका वर्षहरुको जस्तो छैन् । सानो सानो समूहमा घरमै बसेर रमाइलो गरिरहेका छन् । तर अन्य वर्षको जस्तो चेली तीजमा माइत आउन नसकेकाले केहि खल्लो भएको त छ । एकातिर तीजमा आफू परिवारसँग बसेर मनाउन नपाएकोमा दुख त छदैँछ ।

अर्कोतिर खाली पेटमा कोरोना महामारी रोकथामका लागी सडकमा बस्नुपर्दा कहिलेकाँही अन्य पेशा व्यवसायमा रहेका महिलाहरुको जीवन जस्तै आफ्नो पनि भइदिए हुने भन्ने सोच दिमागमा आउने उनले बताइन् । आफैले रोजेको देश सेवा गर्ने अवसरको रुपमा प्रहरीको ड्यूटीलाई लिएकाले पनि बिदा बस्न नपाएकोमा मनमा खिन्नता नरहेको उनको धारणा रहेको छ ।

हुन त तीजमा मात्र नभएर दशैँ तिहार जस्ता ठूला पर्वहरुमा पनि आफूहरुले अरुको सुरक्षार्थ खटिरहँदा एकातिर नरमाइलो र अर्कातिर देश सेवाको पगरी ओडेको एउटा सिपाहीलाई ती कुराले धेरैबेर रोक्न नसक्ने उनको तर्क छ ।

प्रहरीमा जागिर खाएको शुरु शुरुका वर्षहरुमा चाडपर्वमा घरको याद धेरै आउने गर्दथ्यो, तर अहिले त पुरानो पनि भएर होला सबै कुरा सामान्य लाग्न थालेको छ, उनले सुनाइन् ।

जसरी महिला प्रहरी सडकमा बसेर सुरक्षार्थ खटिइरहेका छन् त्यसैगरी महिला सञ्चारकर्मी, स्वास्थ्यकर्मीहरुको पनि कथा वेथा उस्तै रहेको छ । कतिपय कुरामा हामीले अरुसँग तुलना गरेर पनि खुसी हुनु पर्ने रहेछ, सञ्चारकर्मी र स्वास्थ्यकर्मी लगायत अन्य महिलाहरु पनि त काममा नै भएको कुराले कता कता हौसला दिने गर्दछ । उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?