काठमाडौं । भारतमा यो महिना विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । अगस्ट महिनामा भारतमा अहिलेसम्म १२ लाख भन्दा धेरै संक्रमित थपिएका हुन् ।
बिहीवार भारतमा एकैपटक ६९ हजार भन्दा धेरै संक्रमित थपिएका हुन् । साथै ९८६ जनाको मृत्यु भएको छ ।
टाइम्स अफ इण्डियाको खबरका अनुसार भारतमा अगस्ट महिनामा मात्रै १२.१ लाख कोरोनाका केस देखिएका छन् ।
१९ दिनमा यति धेरै केस अहिलेसम्म कुनै पनि देशमा देखिएको थिएन् । जुलाई महिनामा भारतमा ११.१ लाख केस दखिएका थिए ।
अगस्ट महिनामा १९ तारिखसम्म अमेरिकामा ९.९ लाख केस र ब्राजिलमा ७.९ लाख केस देखिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया