कोरोना कहर : भारतमा बुधवार थपिए ६८ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ९६ हजार ९९० जनाको मृत्यु भएको छ भने २ करोड २८ लाख ५५ हजार ८१० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ५५ लाख ११ हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ८३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५४ हजार ९७५ जनाको मृत्यु भएको छ भने २९ लाख ४ हजार ३२९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २१ लाख ५७ हजार ९४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६ लाख ९१ हजार ४१३ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार मात्रै ६८ हजार ५०७ जना संक्रमित थपिएका छन् भने ९८१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?