१५० किलोग्राम गाँजासहित बंगालमा तीन व्यक्ति पक्राउ

पश्चिम बंगाल । भारतको पश्चिम बंगालमा १५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन् ।

पश्चिम बंगालको दक्षिण २४ पाग्रानस जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीवार जानकारी दिएको छ ।

प्रहरीको टोलीले बुधवार राती गस्तीमा रहेकै बेला उनीहरुलाई नौ लाख भारतीय रुपैया बराबरको गाँजा सहित पक्राउ गरेको थियो ।

प्रहरीले गाँजा तस्करीका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । भारतको कानूनमा गाँजा ओसारपसार र बेचविखन बर्जित छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?