काठमाडौं । सारा विश्वभरमा जिमेल प्रयोगकर्ताहरुको जीमेल डाउन भएको छ । विशेष गरेर जिमेल अकाउण्टबाट अट्याचमेण्ट पठाउन समस्या भएको छ ।
अट्याचमेण्टको साथमा पठाइएको इमेलमा इरर आईरहेको छ । डाउन डिटेक्टर वेबसाइटका अनुसार विश्वभरका प्रयोगकर्ता कम्प्लेन गरिरहेका छन् ।
गूगल एप्सको स्टाटसमा पनि समस्या आएको बताइएको छ । गूगलले भने अहिले कम्पनी अनुसन्धानमा जुटेको बताइएको छ ।
अहिलेसम्म कसरी जिमेल डाउन भयो भन्ने कुरा खुलिसकेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया