काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । अहिलेसम्म विश्वमा २ करोड २५ लाख ८३ हजार ९२ जना मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् भने ७ लाख ९१ हजार ३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ करोड ५३ लाख ७ हजार ८९८ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ७२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व कतैबाट पनि हर्ड इम्यूनिटी हासिल गर्ने नजिक नपुगेको बताएको छ । डब्ल्यूएचओका इमर्जेन्सी प्रोग्रामका डाइरेक्टर माइकल रेयानले मानिसहरुले हर्ड इम्यूनिटीबाट कोरोना रोक्न सकिन्छ भन्ने आशा नगर्न बताएका छन् ।

डेली मेलको रिपोर्टका अनुसार वैज्ञानिकहरु समूदायमा ७० प्रतिशत मानिस कोरोनाबाट संक्रमित भएर ठीक भएपछि हर्ड इम्यूनिटी हासिल हुन्छ ।

७० प्रतिशत मानिस इम्यून भएपछि भाइरसको संक्रमण रोकिन्छ । तर केहि एक्सपर्टले समूदायका ४० प्रतिशत मानिस संक्रमित भए पनि भाइरस नष्ट हुनसक्ने बताएका छन् ।

केहि स्टडीजहरुमा कोरोना भाइरसका केस धेरै फैलिए पनि बेलायतमा मात्र १० देखि २० प्रतिशत मानिस नै इम्यून भएका छन् ।

डब्ल्यूएचओको एक्सपर्ट रेयान भन्छन्, वैश्विक स्तरमा हामी कतैबाट पनि हर्ड इम्यूनिटी हासिल गर्नेको नजिक छैनौँ ।

यो समस्याको हल होइन, हामीले यसमाथि ध्यान दिन आवश्यक छ । बेलायत सरकारले शुरुवात मा नैकोरोना रोक्नको लागि हर्ड इम्यूनिटीको विकल्प माथि विचार गरेको थियो । तर पछि उनीहरुले आलोचनाको सामना गर्नुपरेको थियो ।

स्विडेनले त हर्ड इम्यूनिटी चाँडै मिल्ने आशमा लकडाउन नै हटाएको थियो । तर स्विडेन पनि हर्ड इम्यूनिटीको नजिक पुग्न सकेन ।

एक्सपर्ट भन्छन्, जबसम्म कोरोना आउँदैन, तब सम्म इम्यूनिटीको कोशिस खतरनाक हुन स्क्छ । किनभने कोरोनाबाट ज्यान बचाउनको लागि कुनै पनि भ्याक्सीन बनिसकेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया