कोरोना कहर : भारतमा बुधवार थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ९० हजार ९६४ जनाको मृत्यु भएको छ भने २ करोड २५ लाख ७७ हजार ३९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ५३ लाख ८५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ७५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५३ हजार ९९४ जनाको मृत्यु भएको छ भने २८ लाख ३५ हजार ८२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ९६ हजार ६८ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।

भारतमा बुधवार ६९ हजार १९६ जना संक्रमित थपिएका छन् भने ९८० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?