बाढीले बगाएर ६ जनाको मृत्यु, प्रचण्डद्वारा दुःख व्यक्त

अछाम । अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा मंगलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ६ जनाको मृत्यु र ११ जना बेपत्ता भएको घटनाप्रति नेकपा अध्यक्ष प्रच्ण्डले दुःख व्यक्त गरेका छन् ।

उनले उक्त दुखद् घटनामा निधन भएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न स्थानीय जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकाय, स्वयम्सेवी लगायत सबैमा आह्वान समेत प्रचण्डले गरेका छन् ।

उनले मृतक, बेपत्ता र बाढीबाट विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?