बीमा रकमको विवादमा बोल्यो प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले भदौ १२ पछि संक्रमण हुने प्रहरीका लागि मात्रै १ लाखको कोरोना बीमा गरिएको स्पष्ट पारेको छ । सो अघि बीमा सम्झौता नभइसकेकाले यसअघिको हकमा उपयुक्त निर्णय लिइने प्रहरीले जनाएको छ ।

भदौ १२ अघि संक्रमित प्रहरी यो निर्णयले समस्यामा परेको आशयको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा ‘पोलीसी लागु हुनुअघि संक्रमण भएका प्रहरी कर्मचारीको हकमा प्रहरी प्रधान कार्यालयबाट समेत उच्च प्राथमिकतामा राखी यस सम्बन्धमा उचित निर्णय लिइने छ’, भनिएको छ ।

साउन ३० मा प्रहरी प्रधान कार्यालयले जारी गरेको एक आन्तरिक सर्कुलरमा भदौ १२ भन्दा अगाडी कोरोना भाईरस पोजेटिभ देखिएका प्रहरीको बीमा गरिएको छैन । भदौ १२ पछि संक्रमण पुष्टि भएका प्रहरीले मात्रै सो रकम पाउने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?