नुवाकोट । नुवाकोटका पहिलोपटक एक सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपश्चात उनी त्रिशुली अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । संक्रमित नेपाल पत्रकार महासंघ नुवाकोटको सचिव तथा एक रेडियोको स्टेसन म्यानेजर समेत रहेको बुझिएको छ ।
आफूमा कोरोना संक्रमण पुष्टि भएपश्चात उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै १४ दिन यता आफ्नो सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्नको लागि आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया