काठमाडौं । अहिले भेनेजुयलामा गृहयुद्धको स्थिती छैन । तर केहि वर्षसम्म भएको आन्तरिक लडाईसँग जुधिरहेको भेनेजुयलामा हतियारको अवैध कारोवार भईरहेको खुलेको छ ।
आन्तरिक लडाईका कारण अमेरिका र भेनेजुयलाबीचमा सम्बध तनावग्रस्त छ । यसैबीच अमेरिकाले अवैध हतियार बोकेर भेनेजुयला जाँदै गरेका दुई पाइलटलाई गिरफ्तार गरेको छ ।
अमेरिकामा सीमा शुल्क अधिकारीहरुले अवैध हतियार बोकेर भेनेजुयला जाँदै गरेको विमानका दुई पाइलटलाई गिरफ्तार गरेको हो ।
विमानमा भारी मात्रामा हतियार भरिएका थिए । उक्त विमानमा स्नाईपर राइफल सहित ८२ बन्दुक र ६३ हजार राउण्ड गोली राखिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया