निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ता

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले नाममा नयाँ दल दर्ता भएको छ।

गत असारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमाले पार्टीको कुरा उठेको थियो ।

गत १२ असारमा दल दर्ताका लागि आवेदन परे पनि रोकिएकोमा अहिले दर्ता भएको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक आपसमा एकिकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । । एमालेको नामबाट अर्को पार्टी दर्ता हुनुमा नेकपाका अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत संलग्नता रहेको भन्ने पुष्पकमल दाहाल लगायतका नेताहरुको आरोप रहेको थियो ।

नेकपा एमालेको नाममा दर्ता भएको उक्त पार्टीको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेको आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?