काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको कारण ७ लाख ८४ हजार ३५३ जनाको मृत्यु भएको छ भने २ करोड २३ लाख ६ हजार ५३८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५० लाख ४७ हजार ७७९ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १ लाख ७५ हजार ७४ जनाको मृत्यु भएको छ भने ५६ लाख ५५ हजार ९७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३० लाख ११ हजार ९८ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख ६९ हजार ८०२ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ९६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म ११ हजार ५२२ जनाको मृत्यु भएको छ भने ६ लाख ४० हजार ४२० जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ५ लाख ७९ हजार ९३२ जनालाई संक्रमण भएको छ भने ९ हजार ७६४ जनाको मृत्यु भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म ५ लाख ७९ हजार ४८९ जनालाई संक्रमण भएको छ भने १० हजार २९८ जनाको मृत्यु भएको छ ।
अमेरिकामा मंगलवार मात्रै ४३ हजार ९९९ जना संक्रमित थपिएका छन् भने १ हजार ३५८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया