कोरोना कहर : भारतमा मंगलवार जुलाई २३ यताकै सबेभन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको कारण ७ लाख ८४ हजार ३५३ जनाको मृत्यु भएको छ भने २ करोड २३ लाख ६ हजार ५३८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ५० लाख ४७ हजार ७७९ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ५३ हजार १४ जनाको मृत्यु भएको छ भने २७ लाख ६६ हजार ६२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ३६ हजार ७०३ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ७६ हजार ९०९ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार मात्रै ६५ हजार २२ जना संक्रमित थपिएका छन् भने १ हजार ८९ जनाको मृत्यु भएको छ । यो संख्या जुलाई २३ यताकै सबैभन्दा धेरै मृत्यु हुनेको संख्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?