काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
मंगलवार साँझ आफ्नै निवासमा निधन भएको घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पौडेल बुधवार विहान नै घिमिरेको निवास लैनचौर पुगेका थिए ।

घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिँदैछ । पौडेलले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

घिमिरेको निधनबाट राष्ट्रले एउटा महान विभुतीलाई गुमाएको उल्लेख गरेका छन् ।
वरिष्ठ नेता पौडेलले दुखको घडीमा परिवार, समस्त साहित्य प्रेमीहरु तथा र राष्ट्रप्रेमी नेपालीहरुमा समवेदना व्यक्त गरेका छन् । पौडेलले घिमिरेको योगदान अमर रहने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया