काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७९ हजार ९ सय ९९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड २१ लाख ७४ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ४८ लाख ९४ हजार ७ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६२ हजार १ सय ८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७४ हजार १ सय ९१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १३ हजार ३० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख २५ हजार ५७ पुगेको छ । हालसम्म २९ लाख ७५ हजार ६ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ७५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् । ब्राजिलमा कुल संक्रमित संख्या ३३ लाख ६३ हजार २ सय ३५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ८ हजार ६ सय ५४ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २४ लाख ७८ हजार ४ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १८ पुगेको छ । बितेको २४ घण्टामा ६२ हजार ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २७ लाख ६३ हजार ९ सय ८५ पुगेको छ । हालसम्म २० लाख ३५ हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ९३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ८ सय ७२ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ सय ४८ जनामा कोरोना पुष्टि भएको र १ सय ३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ३२ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ४२ हजार ६ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ८२ पुगेको छ । हालसम्म ५ लाख ८९ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ७७ हजार ६ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २६ हजार ४ सय ८१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख ४१ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ७० हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय २४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख २५ हजार ७ सय ३३ पुगेको छ । हालसम्म कोरोनाको कारण ५७ हजार २३ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय ६६ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ५९ हजार ३ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ५ सय ३६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ५ सय ४६ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ३ लाख ८८ हजार ८ सय ५५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ६२ हजार ४ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार १ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ६ सय ७० पुगेको छ । हालसम्म ३ लाख ८४ हजार २ सय ७० जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा २ हजार १ सय २८ जनामा कोरोना संक्रमण देखिएको र २४ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया