शव व्यवस्थापन बारे स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो अनुरोध !

काठमाडौं । नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९)संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

यस्तो छ मन्त्रालयको अनुरोध : 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरूको शव व्यवस्थापनको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कार्य विधि–२०७६ स्वास्थ्य आपतकालिन तथा कार्यसंचालन केन्द्र, वयव साइट, प्रेस व्रिफिङ र अन्य माध्यमबाट यहाँहरूलाई पटक पटक जानकारी गराउँदै आएका छौं ।

यहाँहरूलाई पुन यो जानकारी गराउन चाहछौं कि श्वाश प्रश्वासबाट निस्किने छीट्टाहरू, बिरामीसंगको प्रत्यक्ष सम्पर्क र बिरामीले प्रयोग गरेको वा छोएको बस्तुसंगको प्रत्यक्ष सम्पर्कबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सर्छ ।

मृत्यु भएका व्यक्तिका शरिरबाट निस्किने तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट कोरोना भाइरस सर्ने सम्भावना रहेकोले अस्पताल,शव परिक्षण गृह, शव वाहान, चिहान, अन्तेष्टि गर्ने सबै स्थानमा शवको व्यवस्थापन गर्ने सबै व्यक्तिहरुले संक्रमण रोकथाम नियन्त्रणको बिधिहरू अपनाई परम्परागत चलन चल्ती अनुसार अन्तेष्टि गर्ने स्थानमा नै विशेष सावधानीअपनाई अन्तेष्टि गर्न सकिने कुरा कार्यविधिमा स्पष्ट पारेको छ ।

कार्यविधिले शव व्यवस्थापनको बारेमा स्पष्ट बोले तापनि हामीले शव व्यवस्थापन गर्न पाएँनौ, हाम्रो परम्परा अनुसार भएनभन्ने प्रश्नका साथै असन्तुष्टिहरू ब्यक्त भएको हामीले वारम्वार सुनिरहेका छौं । मृत्यु हरेक परिवारको लागिएकदमै सवेदनशिल र पीडादाई समय हो । यो सम्वेदनशिलतालाई नबुझी सञ्चार माध्यमले कोरोना संक्रमित ब्यक्तिहरूको अन्तेष्टिको भिडियो खिचेरर अर्को अर्थ लाग्ने गरी मुख्य शिर्षक राखी समाचार सम्प्रेषण गरी मानव सवेदनशिलतामा ठेस नपुर्याउन सबै सञ्चारकर्मी तथा सर्वसाधारणमा हार्दिक अपिल गर्दछौं ।

हरेक व्यक्तिको गोपनीयताको अधिकारलाई सम्मान गर्न अनुरोध गर्दछौँ । कोरोना संक्रमित व्यक्तिको अन्तेष्टि परिवारका सदस्यहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव ब्यवस्थापन कार्यविधिमा उल्लेख भए अनुसारका सबै सुरक्षाका मापदण्डहरू पालना गरी आफ्नो परम्परा अनुसार गर्न सकिन्छ । तथापी, कोरोना संक्रमित ब्यक्तिहरूको मृत्यु हुदाँ आफन्त, छिमेकी र नातेदारहरूले नै अन्तेष्टि गर्न नमानेको र धेरै समयसम्म शव नउठे पछि मात्र नेपाल सरकार आफैले तोकिएको मापदण्ड अनुसारनै शवको व्यवस्थापन गर्नु परेको हो ।

सेनाले शव व्यवस्थापन गर्दा संक्रमण रोकथामका सबै सावधानीहरू अपनाएर गर्ने गरेको छ । हामी सबैको लागि यो कठिन समय भएकोले समाजिक सदभावन बिगारौँ, एक अर्कोको भावनाको सम्मान गरौँ,  मृत्युलाई मीडियाबाजी नगर्न हुन स्वास्थ तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अपिल गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?