काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदाद उत्कर्षमा पुगेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन २८ गते बुधवार एक टेलिभिजन अन्तर्वार्तामा आगामी एक सातामा पार्टीको सिनारीयो परिवर्तन हुने दाबी गरेका थिए ।
उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘अबको पाँचदिन भित्रै हेर्नुहोस्, भोलि देखि १, २, ३, ४ गन्नुहोस् अनि कुरा गर्नुहोस् ।’ नभन्दै भोलिपल्ट देखिनै पार्टीको परिवर्तनको सिनारीयो परिवर्तन भएको देखियो । पछिल्लो एक साता यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेको कुराले पनि यो संकेत गर्छ ।
प्रधानमन्त्रीले दाबी गरेको भोलिपल्ट देखिनै लामो समयदेखि संवादहिन भएको अध्यक्षहरुको ९ दिन पछि करिब ३ घण्टा वार्ता भएको थियो । त्यसपछि समस्या समाधानका लागि भन्दै अध्यक्षहरुले ६ सदस्य रहेको कार्यदल गठन गरे ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । गठित कार्यदलको बैठकबाट समस्या समाधानतर्फ सकारात्मक सन्देश गएको कतिपयको ठम्याई छ ।
त्यसपछि भारतसँग को संवादलाई पनि परिवर्तको सिनारीयोको रुपमा लिन सकिन्छ। त्यस्तै सोमबार बसेको सचिवालयको बैठकमा विभिन्न असन्तुष्टिहरुलाई अन्त्य गर्दै गठित कार्यदललाई अनुमोदन गरीएको थियो ।
यस्तो छ सुर्य थापको फेसबुक स्टाटस
प्रधानमन्त्री केपी शर्मा ओलीले भूषण दाहालकाे नयाँ कार्यक्रम The Bravo Delta show –
पहिलाे कार्यक्रममा भन्नुभएको थियाे –
“अबकाे पाँच दिनभित्रै हेर्नुस, भाेलिदेखि १, २, ३, ४, र ५ गन्नुस, अनि प्रश्न साेध्न आउनुहोला। पार्टीभित्रकाे सिनारियाे परिवर्तन भएकाे पाउनु हुनेछ ।”
सिनारियाेमा के कस्ताे परिवर्तन भइसक्याे त ?
उक्त अन्तर्वार्ताकाे दाेस्राे दिनदेखि नै परिवर्तनकने क्रम यसप्रकार शुरू भयाे :
१) ९ दिन लामाे प्रत्यक्ष भेट र संवादहीनता ताेडेर दुई अध्यक्षका बीच भेट संभव भएर साउनमा चुलिएकाे विवादकाे कृत्रिम चुलीमा “आइसब्रेक” नै भइहाल्यो ।
२) दुई अध्यक्षद्वारा ६ सदस्यीय कार्यदल गठनकाे सहमति घाेषणा भएर ठाेस समझदारी निर्माणकाे आन्तरिक प्रयाश तीब्र पारिएकाे छ ।
३) प्रधानमन्त्रीज्यू र भारतीय समकक्षीका बीचकाे अगस्ट १५ काे संवादले चार महिनाअघिकाे संवादकाे कडीलाई जाेडेर नयाँ सिलसिला शुरू गरेकाे छ ।
४) हिजाे सम्पन्न सचिवालय बैठकले बँचेखुचेका असन्तुष्टि समेत अन्त्य गरेर कार्यदल गठनकाे प्रक्रियालाई जानरीमा लिएर अनुमाेदन गरिसकेकाे छ ।
आज पाँचाैं दिनकाे भाेलिपल्ट हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया