काठमाडौं । स्पेनका पूर्वराजा ख्वान कार्लोस यूएईमा रहेको खुलासा भएको छ । उनी अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको हो।
देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको बेलामा उनी यूएईमा रहेको पाइएको हो ।
भ्रष्टाचारसमन्बन्धी एउटा अनुसन्धानकाबीच कार्लोसले अगस्ट ३ तारिखमा देश छाड्न लागेको अप्रत्याशित घोषणा गरेका थिए।
राजदरबारका एक प्रवक्ताले ८२ वर्षीय पूर्वराजा अगस्ट ३ तारिखमा यूएई गएको र उनी आलसम्म त्यहीँ रहेको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया