काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा ग्रस्त छ । यो महामारीका कारण अहिलेसम्म विश्वमा ७ लाख ७७ हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड २० लाख ४० हजार ४१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ४७ लाख ८२ हजार ६९० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७३ हजार ७१६ जनाको मृत्यु भएको छ भने ५६ लाख १२ हजार २७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २९ लाख ७३ हजार ५८७ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख ६४ हजार ७२४ जना उपचाररत छन् ।
त्यस्तै त्यहाँ १७ हजार १९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म ११ हजार ३४३ जनाको मृत्यु भएको छ भने ६ लाख ३५ हजार ७० जनालाई संक्रमण भएको छ ।
फ्लोरिडामा ९ हजार ५४१ जनाको मृत्यु भएको छ भने ५ लाख ७६ हजार ९४ जनालाई संक्रमण भएको छ । त्यस्तै टेक्सासमा १० हजार १२० जनाको मृत्यु भएको छ भने ५ लाख ७१ हजार ६१७ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा सोमवार मात्रै ४० हजार ६१२ जनालार्य संक्रमण भएको छ भने ५८९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया