अमेरिकामा यस्तो छ महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७४ हजार ९ सय ५१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १९ लाख २४ हजार ४ सय ८० जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ४६ लाख ४६ हजार ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार २ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७३ हजार २ सय ५० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार २ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५५ लाख ७८ हजार ८ सय ७६ पुगेको छ ।

हालसम्म २९ लाख २८ हजार १ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय ३७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?