सियोल । विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ ।
कोरिया सरकारले सोमवारबाट लागू हुने गरी यो व्यवस्था गरेको हो ।
स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड–१९ संक्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ ।
यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरुलाई निःशुल्क चिकित्सा सेवाहरु प्रदान गर्दै आएको थियो ।
महामारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरुलाई थप भार पर्र्ने भन्दै सरकारले विदेशी बिरामीहरुलाई बोझ बाँड्न आह्वान गरेको हो । दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उपचार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्याबारे सचेत रहेको छ ।
यद्यपि समुदायमा संक्रमण नियन्त्रणका लागि अझै पनि भाइरस संक्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियामा विगत पाँच महिना यता आइतवार संक्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ । आइतवार संक्रमितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोमवार भने सामान्य कमी आउँदा थप १९७ संक्रमित भएका छन् ।
दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल संक्रमितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ संक्रमितको मृत्यु भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया