घुससहित काठमाडौंबाट एक कर्मचारी पक्राउ

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोले घुससहित पक्राउ परेका छन् ।

फर्मको दर्ता प्रमाण पत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग

अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई १० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?