कोरोना संक्रमण मुक्त भएका नेपालका यी ५ जिल्ला

काठमाडौं । नेपालका विभिन्न ५ जिल्ला कोरोना संक्रमणमुक्त भएको छ । नेपालमा बितेको २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थप १ सय ६० जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

हालसम्म कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत संक्रमित अर्थात १७ हजार ४ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन कुन जिल्ला संक्रमण मुक्त भए ?

  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

त्यस्तै नेपालको ७७ जिल्ला मध्ये विभिन्न ५ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका संक्रिय संक्रमित रहेका छन् । ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?