नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? पछिल्लो समग्र विवरणसहित

काठमाडौं । नेपालमा आज (सोमवार) थप ५८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

ए पी एफ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका २४ जना सल्यानका १ जना

बिध ल्याब ललितपुरमा गरिएको परीक्षणमा सल्यानका १ जना, बाराका १ जना, भक्तपुरका १ जना, पर्साका ३ जना, काठमाडौंका ६ जना, ललितपुरका १ जना

बीर अस्पतालमा गरिएको परीक्षणमा सल्यानका १ जना, बाराका १ जना, काठमाडौंका ११ जना, पर्साका १ जना, सप्तरीका १ जना

बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका ११ धनुषाका १ धनुषाका १ जना, धनुषाका १ जना, झापाका १ जना
सुनसरी ३१ जना

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुरा १ जना

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाराका १४ जना, काठमाडौंका २ जना, पर्साका ५८ जना,  काभ्रेका ४ जना

ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका १६ जना, महोत्तरीका १ जना, पर्साका १ जना, धनुषाका १ जना

स्वास्थ्य कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका १ जना

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका ३ जना

के एम सी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना,  काठमाडौंका ४ जना, ललितपुरका १ जना

कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका ७ जना

लुम्बिनी प्रादेशिक अस्पताल ,बुटवलमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका १० जना, कपिलबस्तुका १ जना

नारायणी अस्पताल , बिरगंजमा गरिएको परीक्षणमा बाराका ५ जना रुपन्देहीका १० जना, कपिलबस्तुका १ जना, पर्साका ६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा ३५ जना, भक्तपुरका १ जना, काठमाडौंका २० जना,ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका ३ जना, सर्लाहीका १२ जना, सिन्धुपाल्चोकका ५ जना

नेसनल प्याथ ल्याब , रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, कपिलबस्तुका १ जना

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , बिराटनगरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, मोरङका २२ जना, झापाका ६ जना, सुर्खेतका १ जना, तनहुँका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका १ जना, प्युठानका २८ जना, रुपन्देहीका ९ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका १२ जना,  नवलपुर पूर्वका १ जना, स्याङ्जाका ४ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १ जना

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १६ जना, कंचनपुरका १२ जना

श्री बिरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा कास्कीका १ जना, काठमाडौंका ७ जना

सोरिया अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका १ जना, पर्साका १ जना

स्टार अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, भक्तपुरका २ जना, दाङका १ जना, काठमाडौंका ७ जना, ललितपुरका ३ जना,धनुषाका १ जना, मकवानपुरका १ जना, झापाका १ जना, धादिङका २ जना

शुक्रराज ट्रपिकल अस्पताल ,टेकुमा गरिएको परीक्षणमा बाराका २ जना भक्तपुरका २ जना काठमाडौंका २० जना ललितपुरका ४ जना
पर्साका १ जना रौतहटका ८ जना सर्लाहीका १ जना चितवनका १ जना

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा भक्तपुरका १ जना काठमाडौंका ११ जनामहोत्तरीका १ जना पर्साका २ जना रुपन्देहीका २ जना सर्लाहीका १ जना धादिङका २ जना तनहुँका १ जना नुवाकोटका १ जना

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र ,हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका ३ जना सर्लाहीका २ जना

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमार्डौंका १७ जना, ललितपुरका १ जना

नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना काठमाडौंका ९ जना ललितपुरका २ जना पर्साका २ जना

काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंका १३९, भक्तपुरका १४ र ललितपुरका १५ जना रहेका छन् । त्यस्तै काठमाडौंमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी एक ५८ वर्षीया महिला रहेकी छन् ।

मन्त्रालयका अनुसार ए पी एफमा गरिएको स्वाब परीक्षणमाकाठमाडौंका ६ जना, विद ल्याब ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ६ जना, भक्तपुरका १ जना र ललितपुरका १ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना, धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १६ जना र भक्तपुरका ३ जना, के एम सी अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, ललितपुरका ३ जना र भक्तपुरका १ जना, प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, श्री वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना, सोरिया अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका १ जना, स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जना, भक्तपुरका २ जना र ललितपुरका ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, ललितपुरका ४ जना र भक्तपुरका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १७ जना र ललितपुरका १ जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जना, ललितपुरका २ जना र भक्तपुरका २ जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिला रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।

 

हालसम्म ६४ प्रतिशत कोरोना संक्रमित निको, कुन प्रदेशका कति ?

नेपालमा बितेको २४ घण्टामा थप १ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ अर्थात १७ हजार ४ सय ९५ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ रहेको छ । हालसम्म १ सय ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण मुक्त हुनेको प्रादेशीक विवरण

प्रदेश नं १ मा १ हजार १ सय १२ जना

प्रदेश नं २ मा ३ हजार ७ सय १० जना

बाग्मती प्रदेशमा ७ सय २ जना

गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना

प्रदेश नं ५ मा ४ हजार २ सय ८९ जना

कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ जना

 

काठमाडौंसहित यी ५ जिल्लामा छन् ५ सय भन्दा बढी कोरोना संक्रमित

नेपालको ७७ जिल्ला मध्ये विभिन्न ५ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ प्रादेशीक विवरण
प्रदेश १ –  मोरङ
प्रदेश २ – पर्सा, रौतहट, महोत्तरी
बाग्मती  – काठमाडौं

 

कोरोना संक्रमण मुक्त भएका नेपालका यी ५ जिल्ला
नेपालका विभिन्न ५ जिल्ला कोरोना संक्रमणमुक्त भएको छ ।

  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?