नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिला रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हालसम्म संक्रमितमध्ये ६४ दशमलव २ अर्थात १७ हजार ४ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?