काठमाडौं । रुसपछि चीनले क्यानसीनो बायोलोजिक्स इंक कम्पनीको कोरोना भाइरसविरुद्धको भ्याक्सीनको प्याटेन्टलाई स्विकृति दिएको छ ।

क्यानसिनो बायोलोजिक्स कोरोना भ्याक्सीनको प्याटेन्ट हासिल गर्ने पहिलो चिनियाँ कम्पनी बनेको छ ।

क्यानसीनोले एडी-५ एन सीओभी नामबाट भ्याक्सीन तयार पारेको छ ।

पीपल्स डेलीको रिपोर्टका अनुसार चीनको नेशनल इन्टलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशनले ११ अगस्टमा क्यानसीनो बायोलोजिक्सको भ्याक्सीनको प्याटेन्ट स्विकृति दिएको हो ।

यो भन्दा पहिला साउदी अरबले क्यानसीनो कम्पनीको कोरोना भाइरस भ्याक्सीनको फेज ३ ट्रायल शुरु भईरहेको बताएको थियो ।

क्यानसीनोले रुस, ब्राजिल, चिलीमा ट्रायल गर्ने बताएको थियो ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया