काठमाडौं । भारतको यूपीस्थित गोरखपुरमा एक १७ वर्षीया युवतीमाथि बलात्कार भएको छ ।
घरबाट बाहिर निस्किएको मौका छोपी उनीमाथि बलात्कार भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
विहान स्थानीयले उनलाई झाडीमा देखेपछि घर पुयाृएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार युवतीमाथि सिगरेटले डाम्दै बलात्कार गरिएको खुलेको छ ।
आरोपीलाई अहिले प्रहरीले पक्राउ गरेको छ । राती ८ बजे पानी इनारबाट निकाल्न गएकी उनको बलात्कार भएको बताइएको छ ।
त्यहि बेला त्यहिँका अर्जुन निषाद आफ्ना एक अज्ञात साथीसँग आएर युवतीको अनुहार छोपेर उनलाई लिएर गएको बताइएको छ ।
परिवारले खाज्दा विहान उनलाई झाडीमा अर्धनग्न अवस्थामा बेहोस भएको फेला पारेका थिए । त्यसपछि प्रहरीलाई खबर गर्दा प्रहरीले आरोपीलाई समातेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया