बेइजिङ । चिनियाँ अधिकारीहरुले १५९ लाइभ स्ट्रिमिङ प्लेटफर्महरुलाई कारवाही गरेको छ ।
पछिल्लो समय सञ्चारमाध्यमलाई निगरानी गर्नका लागि चीनले नयाँ रणनीति अपनाएको हो । उक्त नयाँ रणनीति अनुरुप नै ती च्यानलहरुमाथि गैरकानूनी रुपमा सञ्चालन भएको भन्दै कारवाही गरिएको जनाइएको छ ।
चीनले गत जुनमा मुलुकमा अनियमितरुपमा सञ्चामाध्यमहरु सञ्चालन भएको भन्दै राष्ट्रव्यापी अभियान सञ्चालन गरेको थियो ।
चीनको साइबरस्पेस एड्मिनिस्ट्रेसनका अनुसार उक्त च्यानहरुले ती चिनियाँ नीतिमा असर पुर्याउने सामग्री हटाउन आग्रह गरको छ भने नियम र कानुनको उल्लंघन गर्ने विभिन्न अकाउन्टहरुमाथि प्रतिबन्ध नै लगाएको छ ।
भल्गर पप-अप, गैरकानूनी विज्ञापन, प्रोनोग्राफी, अनलाइन जुवा खेलाउनेलगायतका अनलाइन अवैध क्रियाकलाप सञ्चालन गरेका लाइभ स्ट्रिमिङ प्लेटफर्मका कारवाही गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
http://www.xinhuanet.com/english/2020-08/04/c_139264736.htm
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया