काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ७३ हजार ३२ जनाको मृत्यु भएको छ भने २ करोड १८ लाख २४ हजार ८०७ जनालाई संक्रमण भएको छ भने १ करोड ४५ लाख ५८ हजार ३२८ जनालाई संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ३२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७३ हजार १२८ जनाको मृत्यु भएको छ भने ५५ लाख ६६ हजार ६३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २९ लाख २२ हजार ७२४ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख ७० हजार ७८० जना उपचाररत छन् ।
त्यस्तै अमेरिकामा १७ हजार २३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ११ हजार २४४ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार १४५ ज्नालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म् ९ हजार ४५८ जनाको मृत्यु भएको छ भने ५ लाख ७३ हजार ४१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ५ लाख ५९ हजार ८१९ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा आईतवार मात्रै ३६हजार ८४३ जना संक्रमित थपिएका छन् भने ५२२ जनाको मृत्यु भएको छ । अमेरिकामा आईतवार जुन २२ यताकै सबैभन्दा कम संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया