कोरोनाबाट योगी सरकारका मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको निधन

काठमाडौं । उत्तर प्रदेशको होमगार्ड मन्त्री र पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ ।

कोरोना भाइरसका कारण गुरुग्रामको मन्दाता अस्पतालमा भर्ना भएका उनको आज ४ बजेर ३० मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

७३ वर्षीय उनी कोरोनाको संक्रमित थिए । उनी भारतीय क्रिकेट टीमाका एक भरपर्दा ब्याट्सम्यान थिए ।

उनले ४० टेस्ट खेलेका छन् भने सात एकदिवसीय पनि खेलेका छन् । उनको नाममा २०८४ रन दर्ता छ । उनले टेस्ट म्याचमा ९७ रनको सबैभन्दा ठूलो स्कोर बनाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?