काठमाडौं उपत्यकामा एकैपटक थपिए १ सय ७२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा बितेको २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल ९ हजार २ सय २१ जना सक्रिय कोरोना संक्रमित रहेको प्रवक्ता डा गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?