बालिकाको सामूहिक बलात्कार पछि हत्या : ‘जिब्रो काटेको र आँखा फोरेको अवस्थामा शव भेटियो’

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा एक १३ वर्षीया बालिका माथि सामूहिक बलात्कार पछि हत्या भएको छ ।

शौचालय जानको लागि बाहिर घरबाट बाहिर निस्किएकी बालिकाको साथमा सामूहिक बलात्कार पछि उनको आँखा फोरेर उनलाई घिसारेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

१४ अगस्टको दोश्रो प्रहरमा उनी करिव १ बजे घरबाट शौचालयका लागि बाहिर निस्किएकी थिइन् ।

घरमा धेरै समय छोरी नफर्केपछि खोजी गर्दा यस्तो अवस्थामा फेला परेकी थिइन् ।

पुलिसले उनको शवलाई जिब्रो काटेको र आँखा फोरेको अवस्थामा भेट्टाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?