अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाईको निधन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको निधन भएको छ ।

बिजनेसम्यान रोबर्टको निधन ७१ वर्षको उमेरमा भएको हो । न्यूयोर्कको एक अस्पतालमा उपचाररत उनको निधन भएको हो ।

उनलाई के भएको थियो भन्ने बारे अहिलेसम्म केहि पत्ता लागेको छैन ।

राष्ट्रपति ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति बन्न लाग्ने क्रममा उनको निधन हुनुलाई रहस्यका साथ लिइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?