कोरोना कहर : भारतमा मृतकको संख्या ५० हजार नाघ्यो, शनिवार मात्रै यति धेरै

काठमडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ६८ हजार ६६७ जनाको मृत्यु भएको छ भने २ करोड १६ लाख १ हजार ८४७ जनालार्य संक्रमण भएको छ ।

त्यस्तै १ करोड ४३ लाख २२ हजार ७६८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ४५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५० हजार ८४ जनाको मृत्यु भएको छ भने २५ लाख ८९ हजार २०८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ६० हजार ६७२ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जना उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा पछिल्ले २४ घण्टामा मात्रै ६३ हजार ९८६ जना संक्रमित थपिएका छन् भने ९५० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?