काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ६६ हजार २८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १४ लाख ८८ हजार १ सय ४४ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ४२ लाख ४३ हजार ४ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५० हजार ८० पुगेको छ । बितेको २४ घण्टामा ६२ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ लाख ८७ हजार ४ सय ६१ पुगेको छ ।
हालसम्म १ लाख ५८ हजार ४ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ४६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया