अमेरिकामा १ लाख ७१ हजार बढीको गयो ज्यान, कति छन् संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ६६ हजार २८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १४ लाख ८८ हजार १ सय ४४ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ४२ लाख ४३ हजार ४ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७१ हजार ९ सय ९९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २१ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५४ लाख ९७ हजार ६ सय १३ पुगेको छ ।

हालसम्म २८ लाख ७८ हजार ५ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ६४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?