कोरोनाको प्रकोप : अमेरिकामा झनै बढे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ६३ हजार ११९ जनाको मृत्यु भएको छ भने २ करोड १३ लाख ४३ हजार ९४५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ४१ लाख ३९ हजार ३४१ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ५२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइररसका कारण अहिलेसम्म १ लाख ७१ हजार ५३५ जनाको मृत्यु भएको छ भने ५४ लाख ७६ हजार २६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख ७५ हजार १४७ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख २९ हजार ५८४ जना स्वास्थ्योपचाररत छन् ।

त्यस्तै १७ हजार २१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म ११ हजार १४८ जनाको मृत्यु भएको छ भने ६ लाख १३ हजार जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ५ लाख ६३ हजार २८५ जनालाई संक्रमण भएको छ भने ९ हजार १४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म ५ लाख ४८ हजार ९११ जनालाई संक्रमण भएको छ भने ९ हजार ७३६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा शुक्रवार मात्रै ६० हजार ६०० जना संक्रमित थपिएका छन् भने १ हजार १२० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?