कोरोना कहर : भारतमा एकैदिन ६५ हजार बढी संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ६३ हजार ११९ जनाको मृत्यु भएको छ भने २ करोड १३ लाख ४३ हजार ९४५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ४१ लाख ३९ हजार ३४१ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ५२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने २५ लाख २५ हजार २२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ७ हजार ५५६ जना संक्रमण मुक्त भएको छ भने ६ लाख ६८ हजार ५३२ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै शुक्रवार भारतमा ६५ हजार ६०९ जना संक्रमित थपिएका छन् भने ९९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?