काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ५३ हजार ४९३ जनाको मृत्यु भएको छ भने २ करोड १० लाख ६७ हजार ५२० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ३९ लाख १७ हजार ८२७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ५०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७० हजार ४१५ जनाको मृत्यु भएको छ भने ५४ लाख १५ हजार ६६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २८ लाख ४३ हजार २०४ जना संक्रमण मुक्त भएको छ भने २४ लाख २ हजार ४७ जना उपचाररत छन् ।
त्यस्तै १७ हजार २३९ जना गम्भीर घाईते भएका छन् । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा १० हजार ९९६ जनाको मृत्यु भएको छ भने ६ लाख २ हजार ६८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ हजार ९१७ जनाको मृत्यु भएको छ भने ५ लाख ५७ हजार १३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म ९ हजार ५०३ जनाको मृत्यु भएको छ भने ५ लाख ४० हजार २२१ जना संक्रमित रहेका छन् ।
त्यस्तै अमेरिकामा बिहीवार ५५ हजार ३६४ जना संक्रमित थप्एिका छन् भने १ हजार २८४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया