सिरहामा कोरोनाबाट थप एक पुरुषको मृत्यु

कोरोनाका कारण सिरहामा थप एक जनाको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका १ का गौरीपुर ४० वर्षीय पुरुषको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो ।

ज्वरो, टाइफाई र स्वास प्रस्वासमा समस्या देखिएपछि उनी थप उपचारको लागि बुधबार विराटनगर लगिएका थिए । योसहित कोरोनाका कारण सिरहामा मृत्युु हुनेकेा सख्या २ पुगेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?