काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ४९ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९ लाख ४० हजार ८ सय ७६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ३८ लाख ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४८ हजार १ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ लाख ५६ हजार ७ सय ५ पुगेको छ ।
हालसम्म १७ लाख ४ हजार ७ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ७९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया