इराकमा टर्कीको ड्रोन हमला, दुई शीर्ष सैन्य अधिकारीको मृत्यु

काठमाडौं । इराकमा कुर्द बिद्रोहीहरुको विरुद्ध लगातार अभियान चलिरहेको छ । यसैबीच टर्कीले गरेको ड्रोन हमलामा इराकका दुई शीर्ष सैन्य अधिकारीको मृत्यु भएको छ ।

टर्कीका रक्षामन्त्रीको बुधवार हुन गईरहेको यात्रा पनि रोकिएको छ । टर्कीले यो हमला मंगलवार इराकको उत्तरी सीमावर्ती क्षेत्र ब्र्याडोस्टमा गरेको थियो ।

इराकी सेनाले भने, ड्रोन हमलाको बेला बोर्डर गार्डस्का शीर्ष अधिकारी कुर्दिस्तान पार्टीका सदस्याको साथमा बैठक बसीरहेका थिए ।

त्यसैबेला टर्कीले ड्रोन हमला गरेको थियो । यो हमलामा अन्य पाँच जनाको पनि मृत्यु भएको छ । इराकले पनि टर्कीलाई यो हर्कत देखाएकोे भन्दै चेतावनी दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?