फेसबुकले अचानक लियो यति ठूलो ‘एक्शन’

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त बनेको छ । कोरोनाले लगातार आफ्नो शिकार बनाईरहेको छ ।

दिनप्रतिदिन संक्रमित र मृतकको संख्या तीव्र गतिले बढीरहेको छ । यसैबीच सोसल मिडिया प्लेटफर्ममा कोरोनाका विभिन्न समाचारहरु शेयर भईरहेका छन् ।

यस्तो अवस्थामा आम मानिसहरुलाई कुन समाचार सही र कुन गलत भन्ने छुट्याउनै मुस्किल भएको छ ।

यस्तो अवस्था सामाजिक सञ्जाल फेसबुकले एक ठूलो एक्शन लिएको छ । सोसल मिडिया प्लेटफर्म फेसबुक इंकले एक जानकारी दिँदै अप्रिलदेखि जूनको बीचमा कोरोना संक्रमणसँग सम्बन्धित ७० लाख फेक पोस्ट हटाएको छ ।

फेसबुकले केहि दिन अगाडि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट पनि हटाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?