कोरोनाको प्रकोप : अमेरिकामा फेरि बढ्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ५२ हजार ५८४ जनाको मृत्यु भईसकेको छ भने २ करोड ८ लाख ३ हजार ७०६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ३७ लाख १ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ६९ हजार १३१ जनाको मृत्यु भएको छ भने ५३ लाख ६० हजार ३०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख १२ हजार ६०३ जना संक्रमण मुक्त भएका छन् भने २३ लाख ७८ हजार ५६८ जना उपचाररत छन् ।

त्यस्तै १७ हजार ३२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १० हजार ८१० जनाको मृत्यु भएको छ भने ५ लाख ९४ हजार ८०८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ८ हजार ७७० जनाको मृत्यु भएको छ भने ५ लाख ५० हजार ९०१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ९ हजार २२९ जनाको मृत्यु भएको छ भने ५ लाख ३२ हजार ९८५ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार मात्रै ५४ हजार ३४५ जना संक्रमित थपिएका छन् भने१ हजार ३८६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?