कश्मीरस्थित आर्मीको पेट्रोलिङ पार्टीमा आतंककारी हमला

काठमाडौं । जम्मू कश्मिरमा सेनाको पेट्रोलिङ पार्टीमाथि आतंककारी हमला भएको छ ।

बारामूला जिल्लाको सोपारो इलाकामा संदिग्ध आतंककारीले पेट्रोलिङ पार्टिमाथि आतंककारी हमला गरेका हुन् ।

हमलामा सेनाका एक जवान घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आतंककारीहरुले सेना, सीआरपीएफ र पुलिसको संयुक्त नाकामा केहि राउण्ड फायरिङ गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?