चर्चित साहित्यकार राहत इन्दौरीको निधन

काठमाडौं । चर्चित साहित्यकार राहत इन्दौरीको हृदयघातका कारण निधन भएको छ ।

कोरोना भाइरसबाट संक्रमित उनी उपचारका लागि मध्य प्रदेशको इन्दौरमा १० अगस्टमा भर्ना भएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका थिए । उनी उपचारका लागि अरबिन्द अस्पतालमा भर्ना भएका थिए ।

उनी चर्चित साहित्यकार थिए । उनले बलिउडका लागि केहि गीत समेत रचना गरेका थिए । उनको ७० वर्षको उमेरमा आज निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?