लगानी बोर्डका नवनियुक्त सीईओ भट्टलाई तत्काल काम गर्न नदिन उच्च अदालतको आदेश

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टलाई तत्काल काम गर्न नदिन उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

भट्टलाई गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सीइओको रुपमा नियुक्त गरेको थियो । उनको नियुक्तीलाई विवादित मानिएका बेला अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

त्यसै अनुसार मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साथै उच्च अदालत पाटनले छलफलका लागि आगामी साउन ३२ गते पक्ष र विपक्ष दुबै उपस्थित हुन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?