काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने क्रम अहिले सारा विश्वमा नै छ । विश्वका वैज्ञानिकहरु यस भारसको भ्याक्सीन बनाउने काममा अहोरात्र खटिएका छन् ।

रुसले कोरोना भाइरसविरुद्धको आफ्नो पहिलो भ्याक्सीन बनिसकेको दाबी गरिसकेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वमै कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सीन बनाएको दाबी गरेका छन् ।

त्यति मात्रै होइन, उनले कोरोना भाइरसको भ्याक्सीन आफ्नो छोरीले पनि लगाएको बताएका छन् ।

यसैबीच भारतले पनि कोरोना भाइरसको आफ्नो भ्याक्सीन लञ्च गर्ने मिति तोकेको छ ।

सीरम इन्स्टीट्यूटका सीईओ अदर पुनावालाले देशमा यो वर्षको अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सीन आउने बताएका छन् । सीरम इन्स्टीट्यूट विश्वकै सबैभन्दा ठूलो भ्याक्सीनकम्पनी हो । अर्थात् डिसेम्बर सम्ममा भारतले कोरोना विरुद्धको भ्याक्सीन लञ्च गर्नेछ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया