विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाएपछि रुसलाई आउन थाल्यो बधाईको ओहिरो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको बताएका छन् ।

उनले यो नै विश्वको पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् ।

यसैबीच फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोना भाइरसको भ्याक्सिन बनाउने रूसको प्रयासको खुलेर प्रशंसा गरेका छन् ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

उनले भने, “फिलिपिन्स रूसको भ्याक्सिनका साथ खडा छ । र ट्रायल, उत्पादनका साथ आपूर्तिमा पनि सहयोग गर्न इच्छुक छ ।” साथै उनले रुसलाई बधाई समेत दिएका छन् ।

रुसको स्वास्थ्य मन्त्रालयबाट भ्याक्सीनलाई अनुमति मिलेको छ । त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले कोरोनाको उक्त भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

भ्याक्सीन मस्कोको गाल्मेल्या इन्स्टीट्यूटले डेभलप गरेको हो । मंगलवार रुसको स्वास्थ्इ मन्त्रालयले भ्इाक्सीन सफल भएको बताएको छ । अब रुसमा छिटै भ्याक्सीनको प्रयोग थालिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?